नागरिक पोष्ट News


सिन्धुलीमा २२ स्वास्थ्यकर्मीलाई घरभेटीले बस्न दिएनन्, अस्पतालमै दिनरात बिताउन बाध्य

3.1K

सिन्धुलीको सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएको खबर सार्वजनिक भएको छ । कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिएसँगै अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले डेरा गरिएका कोठामा बस्न पाएका छैनन् ।

डेरा घरमा जाँदा दुव्र्यवहार हुन थालेपछि स्वास्थ्यकर्मी हाल अस्पतालमै बस्दै आएका छन् । डेरामा जाँदा घरभेटीले दुव्र्यवहार गरेको गुनासो आएपछि अस्पतालभित्रै बसोबासको व्यवस्था मिलाइएको अस्पताल विकास समितिका अध्यक्ष प्रह्लाद पोखरेलले जानकारी दिनुभयो ।

यो अवस्थामा स्वास्थ्यकर्मीको मनोबल घटाउने काम नगर्न सबैलाई उहाँले आग्रह गर्नुभयो । “यदि जोकोहीमा कोरोना नै नलागे पनि बिरामी पर्दा आउने अस्पताल नै हो र उपचार गर्ने उहाँहरु नै हुनुहुन्छ । यदि स्वास्थ्यकर्मीहरुले पनि बिरामीमा भएको रोग आफूमा पनि सङ्क्रमण हुन्छ भन्दै उपचार नगरे के अवस्था हुन्छ”, उहाँले भन्नुभयो । 

Must View