नागरिक पोष्ट News


भारतमा आश्चर्य भो : कोरोना लागेका ९३ वर्षका वृद्ध दम्पति निको भएर घर फर्किएपछि

2.5K

भारतमा ९३ र ८८ वर्षे दुई बृद्ध दम्पती कोरोना संक्रमणबाट मुक्त भएका छन् । कोरोना भाइरसबाट संक्रमित केरलाका ९३ वर्षीय थोमस र उनकी पत्नी ८८ वर्षीया मरियम्मा उपचारपछि निको भएका हुन् । अस्पतालबाट उनीहरु डिस्चार्ज भइसकेको इन्डियन एक्सप्रेसले जनाएको छ । कोरोना भाइरस संक्रमणले वृद्धवृद्धा बढी जोखिममा हुन्छन् ।

डाक्टर भन्छन्– ६ पटकसम्म गुमायौं भन्ने लागेको थियो

उनीहरुमा डायबिटिज र हाइपरटेन्सन जस्ता समस्या पनि थियो । अस्पतालमै थोमसलाई हृदयाघात पनि भएको थियो । उनकी पत्नी मरियम्मालाई ब्याक्टेरियल इन्फेक्सन भएको थियो । यसको बाबजुद पनि दुवै जनाले कोरोनामाथि विजय हासिल गर्न सफल भएका छन् ।

थोमसका छोरा, बुहारी, नाती र अन्य दुई आफन्त पनि कोरोना संक्रमित थिए । उनीहरु पनि उपचारपछि निको भएर घर फर्किएका छन् । थोमसका छोरा–बुहारी इटलीबाट फर्किएका थिए ।

Must View