नागरिक पोष्ट News


कोरोना लागेका व्यक्तिसँग एक मिटरभित्र कम्तीमा १५ मिनेट बसेमा संक्रमण हुनसक्छ -डा. पुन

2.7K

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोनासँग गाउँ, बस्ती नै आतंकित हुन नपर्ने बताएका छन् । डा. पुनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत मानिसमा रहेको कोरोना डर भगाउन सचेत गराउँदै सतर्कता अपनाउन केही सुझावसमेत दिएका छन् । उनका अनुसार कोरोना भन्नेवित्तिकै डराउनु पर्दैन, थोरै सतर्कता अपनाउँदा हुन्छ । 

पुनले विश्व स्वास्थ्य संगठनको परिभाषा उल्लेख गर्दै कोरोना पुष्टि भएका व्यक्तिसँग एक मिटरको दूरीमा कम्तीमा १५ मिनेटसम्म आमनेसामने भएमा मात्र कोरोना संक्रमणको जोखिम हुन सक्ने उल्लेख गरेका छन् । यसो भन्दैमा लापरबाही गर्न भने नहुने उनको भनाइ छ । गाउँ, टोल नै आतंकित र त्रसित हुनुपर्दैन । किन कोभिड–१९ को बिरामी पुष्टि हुनेबित्तिकै अधिकांशले त्यो व्यक्तिलाई देख्ने र बोल्नेबित्तिकै वा गाउँ, टोलमा आएको छ रे भनेर अब सबैलाई कोरोना सर्छ भन्दै त्रसित र आतंकित भएको घटना बढ्दै गएको देखिन्छ ।

तर त्यस्ता व्यक्तिसँग निकट रहेको अवस्थामा मात्र सर्न सक्छ र सर्ने हो ।विश्व स्वस्थ संगठनको परिभाषाअनुसार निकट भन्नाले कोभिड–१९ पुष्टि व्यक्तिसँग एक मिटरभित्रको दुरीमा आमनेसामने कम्तिमा १५ मिनेटभन्दा बढीलाई रहनुलाईू परिभाषित गरेको छ।

Must View