नागरिक पोष्ट News


एक महिनाको घर भाडा छुट दिन सबै घरबेटीलाई सरकारको आग्रह

2.3K

काठमाडौं । सरकारले शहरी क्षेत्रमा भाडामा बस्नेहरुलाई कोठा भाडामा छुट दिने निर्णय गरेको छ। श्रमिकहरुको घरभाडा/कोठाभाडामा छुट गरे एक महिनाको घरबाहल कर नलिने सरकारको निर्णय छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सङ्गठित क्षेत्रका दैनिक ज्यालादारी र श्रमिक मजदूरका सम्बन्धमा राहतको घोषणा गरेको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले बैठकपछि सिंहदरबारमा आज साँझ अबेर आयोजित पत्रकारसम्मेलनमा जानकारी दिनुभयो।

सरकारले राहत दिनुपर्ने परिवार पहिचान गरी असङ्गठित क्षेत्रका श्रमिकको लगत तयार पार्न स्थानीय तहलाई जिम्मा दिने निर्णय समेत गरेको छ। राहत लिने परिवारले स्थानीय तहका वडामा गएर परिचयपत्र उपलब्ध गराउनुपर्ने छ। 

Must View