नागरिक पोष्ट News


अमेरिकामा कोरोना भाइरसबाट दुई लाखको मृत्यु हुनसक्ने डा. एन्थोनी फाउचीको चेतावनी

1.9K

अमेरिकामा कोरोना भाइरसका कारण दुई लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ । अमेरिकी सरकारका एक विज्ञले कोरोनाभाइरस महामारीले दुई लाख अमेरिकीको ज्यान लिनसक्ने र दशौँ लाखमा उक्त भाइरसको संक्रमण हुनसक्ने चेतावनी दिएका हुन् ।

राष्ट्रपति ट्रम्पले भने, ‘मृतकको संख्या एक लाख हुने

राष्ट्रपति डोनल्ड ट्रम्पको कोभिड १९ कार्यदलमा रहेका सरुवा रोगविज्ञ डा. एन्थोनी फाउचीले ‘अहिलेको अवस्थामा मृत्यु हुनेको संख्या एकदेखि दुई लाख हुनसक्ने’ बताएको सीएनएनले जनाएको छ । यो संख्यामा मृत्यु हुन संक्रमणको अवस्था तीव्र हुनुपर्ने उनको भनाइ छ ।

 

अमेरिकामा, विश्वमै सबैभन्दा धेरै १ लाख ४१ हजारभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस संक्रमण भएको छ । तैपनि अमेरिकाले लकडाउन गरेको छैन । २४ सय ७५ जनाको त मृत्यु भैसकेको छ ।

डाक्टर फाउचीले न्यूयोर्कले गम्भीर समस्या झेलिसकिएको, न्यूअर्लेन्स गम्भीर समस्यामा रहेको र अरु ठाउँमा पनि गम्भीर समस्या विकसित हुने अवस्था रहेको बताए ।

Must View