सरकारको राहत प्याकेज - विद्यालय स्कुलहरुले पनि एक महिनाको शुल्कमा छुट
1.5K
सरकारले कोरोना भाइरसबाट प्रभावितलाई राहत प्याकेज ल्याएको छ । मन्त्रिपरिषद्को बैठकले निजी स्कुलको शुल्कदेखि विद्युत महसुल छुट दिनेसम्मको राहत प्याकेज घोषणा गरेको हो ।
माध्यमिक तहसम्मका निजी स्कुलहरुले पनि एक महिनाको शुल्कमा आवासबाहेक अरु छुट दिनुपर्ने छ । शहरी क्षेत्रका असंगठित श्रमिकको एक महिनाको घरभाडा छुट दिन घरबेटीलाई सरकारले आग्रह गरेको छ । यसो गरेमा सरकारले घरबेटीलाई एक महिनाको घरबहाल कर छुट दिने छ ।