नागरिक पोष्ट News


अस्पतालमा मर्नेवित्तिकै कोरोना भनेर हल्ला नगर्नोस् - स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

1.7K

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको त्रास बढेसँगै नेपाल आएकामध्ये ४१ हजार १४० जनाको नामावली संकलन गरेको जनाएको छ ।

सोमबार मन्त्रालयको नियमित 'प्रेस ब्रिफिङ'मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनीहरुको स्वास्थ्य अवस्था र 'क्वारेन्टाइन'मा बसे/नबसेको जानकारी राख्न लिखित विवरण संकलन गरिएको जानकारी दिए ।

यस्तै, कोरोनाभाइरस संक्रमतिहरुका परिवार, आफन्त र सम्पर्कमा आएका व्यक्तिहरुकोसमेत स्वास्थ्य परीक्षण भइरहेको र केहीमा संक्रमण नदेखिएको पनि उनले जानकारी दिए ।

 

Must View