नागरिक पोष्ट News


अस्ट्रेलियामा कस्तो छ नेपालीको अबस्था :९ जनामा संक्रमण, ४ जना निको भए

2.6K

अस्ट्रेलियामा हालसम्म कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ र  तीन हजार नौ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ ।   अस्ट्रेलियनमा हालसम्म  नौ जना नेपालीमा कोरोना संक्रमण  देखिएको छ । जसमा चार जना सञ्चो भइसकेका छन् । अरु सबैको अवस्था सामान्य छ ।  अस्ट्रेलियामा नेपाली समुदायका मानिसहरु प्रायः अत्यावश्यक सेवामा कार्यरत छन् । हजारौंको संख्यामा नर्सिंग, बृद्धबृद्धा स्याहार केन्द्रहरु तथा सरसफाई सेवामा छन् ।  गैरआवासीय नेपाली संघ अस्ट्रेलिया तथा नेपाली दूतावास क्यानबेराको एक संयुक्त तथ्यांकअनुसार अस्ट्रेलियामा अहिले चार सय ८७ जना नेपालीहरु आइसोलेसन मा छन् । जसमा तीन सय १९ जना पुरुष र एक सय ६८ जना महिला छन् । उनीहरुमध्ये चार सय ३० जना हालसालै नेपालबाट आएका र ५७ जना अस्ट्रेलियामा नै कोरोना संक्रमितसँग निकट सम्पर्कमा पुगेको आशंका गरिएकाहरु छन् । अस्ट्रेलियामा अहिले नेपाली विद्यार्थीहरुले सबैभन्दा बढी समस्या व्यहोरिरहेका छन् । गैरआवासीय नेपाली संघका अनुसार कोरोना भाइरसको महामारीका कारण भिसा लागेका तर नेपालबाट आउन नपाएका विद्यार्थी, विभिन्न कारणले नेपाल गएर फर्किन नपाएकाहरु र नेपालबाट नआउँदै भिसा सकिन लागेका विद्यार्थीहरु, यही भएर भिसा सकिन लागेका अभिभावक तथा विद्यार्थीहरु र यहीँ आएर बेरोजगार हुन पुगेका विद्यार्थीहरु तथा अन्य अस्थायी बासिन्दाहरुको समस्या अहिले बढेको छ ।

रोजगारीका अवसरहरु गुमेका तर अस्ट्रेलियन सरकारले दायित्व लिनुनपर्ने नेपाली नागरिकहरुलाई यहाँको जीवन पनि असहज हुने र तत्काल नेपाल फर्किन पनि मुस्किल हुने भएकाले समस्या जटिल हुँदै जाने देखिन्छ ।

अस्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेक हन्टले अघिल्लो हप्ताको तुलनामा यो सप्ताहको अन्तमा अस्ट्रेलियामा कोरोना संक्रमितको संख्या बढेपनि तुलनात्मक रुपमा बृद्धिदर घटिरहेको सरकारी दाबी छ ।  

Must View