नागरिक पोष्ट News


भारतमा कोरोनाबाट मर्नेको संख्या २६ पुग्यो, संक्रमति हुनेहरुको संख्या ९००

2.3K

भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । एकैदिन केरला, गुजरात, महराष्ट्र र तेलंगानामा ४ जनाको मृत्यु भएसँगै भारतमा मर्नेको संख्या २६ पुगेको हो । त्यस्तै संक्रमति हुनेहरुको संख्या ९०० पुगेको दैनिक भाष्करले जनाएको छ । 

यस्तो छ भारतमा संक्रमणका कारण मर्नेका तालिकाः ९ देखि २२ मार्चमा २ जनाको मृत्यु (कर्नाटक र नयाँ दिल्ली ) १६ देखि २२ मार्च ५ जनाको मृत्यु (त्यसमध्ये महाराष्ट्रमा २ जना, अन्य ३ जना पञ्जाव, बिहार र गुजरात) २३ मार्चः पश्चिम बंगाल १, हिमाञ्चलमा १ २४ मार्चः महाराष्ट्रमा १ २५ मार्चः तमिलनाडु १, मध्यप्रदेश १ र गुजारत १  २६ मार्चः जम्मु काश्मिर १, महाराष्ट्र १, गुजरात १, राजस्थान २, कनार्टक १ र मध्यप्रदेश १  २७ मार्चः महाराष्ट्रमा १, कर्नाटकमा १ २८ मार्चः केरला १, गुजरात १, महाराष्ट्र १ र तेलंगाना १ 

Must View