नागरिक पोष्ट News


लकडाउनमा बिपन्न परिवारलाई उपत्याकामा राहत बितरण ‘मेट्रो वान’मा कल गर्नुहोस्

2.2K

 महानगरीय प्रहरी कार्यालयको आवश्यक समन्वयमा अभावमा बस्न बाध्य सर्वसाधारणका लागि निःशुल्क खाद्यान्न उपलब्ध गराउने भएको छ । पहिलो चरणमा २५८ जनालाई पुग्ने खाद्यान्न सङ्कलन भइसकेको र वितरण गरिने प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताउनुभयो । मागका आधारमा तीनै जिल्लामा निःशुल्क राहत दिइने उहाँले बताउनुभयो ।

“मानवीयताका लागि जे सकिन्छ सहयोग गरौँ भनेर लागेका छौँ, कोही पनि भोकै बस्नु नपरोस् भनेर पैसा कै अभावमा भोकै बस्न बाध्य भएका नागरिकलाई निःशुल्क खाद्यान्न वितरण गर्न लागेका छौँ”, डिआइजी पोखरेलले भन्नुभयो, “समस्या हुनेले सिधै मलाई (मेट्रो वानमा) फोन गर्न सक्नुहुन्छ, प्रहरीको १०० नम्बर वा नजिकको प्रहरी कार्यालयमार्फत सम्पर्कमा आउन सक्नुहुन्छ, हामी राहत लिएर आउने छौँ ।”

Must View