न्यूयोर्कमा २ सय नेपालीमा कोरोना भएको आशंका, दुईजना भेन्टिलेटरमा उपचार गर्दै
2.3K
न्यूयोर्कमा मात्रै करीब २ सय र न्यूजर्सी शहरमा २० जना जति नेपालीहरुलाई कोरोना भाइरस हुन् सक्ने आशंका स्थानीय सामाजिक संघ संस्थाहरुको अनुमान गरेका छन् । जस अनुसार न्यूयोर्कको एउटा अस्पतालमा ११ जना, अर्कोमा १२ जना र अर्कोमा ७ जना गरी कम्तिमा २०० जना नेपाली कोभिड-१९ बाट संक्रमित अर्थात् पोजिटिभ भै अस्पताल भर्ना भएको बुझिएको छ ।
न्यूयोर्कका समाजसेवी जीवन बम र चर्चित फोटो/भिडियोग्राफर शम्भु मोक्तानले छुट्टाछुट्टै रुपमा आफूहरुलाई कोरोना भाइरस संक्रमित भएको कुरा सार्वजनिक हितको लागि जानकारी गराउनु भएको छ ।
चिकित्सकहरुको भनाई अनुसार कोभिड-१९ लागेका ९०-९५ प्रतिशत मानिसलाई निको हुन्छ त्यसैले डराउने भन्दा पनि आत्मबल बढाएर चिकित्सकको सल्लाह अनुसार सतर्कता अपनाउन जरुरी छ ।