नागरिक पोष्ट News


लकडाउन लम्ब्याउने तयारीमा सरकार, एक हप्ता लम्बिन सक्ने

2.3K

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन कम्तीमा एक साता लम्ब्याउने तयारी गरेको छ । सरकारले चैत्र ११ गते मंगलबारदेखि ६ बजेबाट चैत्र १८ गतेसम्म एक साताका लागि लकडाउन घोषणा गरेको थियो । सो लकडाउन सकिन अब एक दिन बाँकी छ ।

नेपालमा दोस्रो व्यक्तिमा कोरोना संक्रमण देखिएलगत्तै सरकारले लकडाउन गरेको हो । पाँचौं कोरोना संक्रमित शनिबार बाग्लुगमा भेटिएपछि सरकारले लकडाउनलाई थप कडा पारेको छ । सोही अनुसार लकडाउन एक साताका लागि लम्ब्याउने तयारी गरिरहेको स्रोतले बताएको छ ।

Must View