भारतमा कोरोनाबाट २४ जनाको मृत्यु, संक्रमित १ हजार बढी
1.4K
भारतमा कोरोना भाइरसबाट २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । संक्रमितको संख्या एक हजार जना भन्दा बढी पुगेको छ । कोभिड १९ इन्डिया डट ओआरजीका अनुसार भारतमा समग्र संक्रमितको संख्या एक हजार २९ पुगेको छ ।
भारतमा शनिबार भाइरसको कारण थप चार जनाको मृत्यु भएको छ । अहिलेसम्म यो भाइरसको संक्रमण भारतको २७ प्रान्तमा देखिएको छ । महाराष्ट्र भारतको सबैभन्दा प्रभावित प्रान्त बनेको छ । अहिलेसम्म यो प्रान्तमा १८६ संक्रमित देखिएका छन् । दोस्रो बढी प्रभावित प्रान्त केरलामा १८२ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।
भाइरसको कारण महाराष्ट्रमा अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै गुजरातमा ४ र कर्नाटकमा अहिलेसम्म ३ जनाले कोरोना भाइरसको कारण ज्यान गुमाएका छन् ।