कोरोना भाइरस पर्दापछाडि चलेको अमेरिका र चीनबीच लडाईं
1.4K
विश्वभर कोरोना भाइरसको महामारी चलिरहेको बेला चीन र अमेरिका भने अघोषित युद्धमा छन्। यो लडाईंमा दुवै देशका केही स्वार्थ पनि छन्। चीन विश्वको 'लिडर' बन्ने प्रयासमा छ भने अमेरिका विश्वकै शक्तिशाली भएको हैसियत गुमाउन चाहँदैन। चीन र अमेरिकाबीचको सम्बन्ध त्यति राम्रो छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगातार कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भन्दै आएका छन्। अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले पनि यसलाई ‘वुहान भाइरस’ भन्दै टिप्पणी गरे।
अर्को तर्फ चीनियाँ सामाजिक सञ्जालमा कोरोना भाइरस अमेरिकी सेनाका कारण फैलिएको अफवाह भाइरल भयो। हालसम्म पनि यो क्रम चलिरहेकै छ। तर वैज्ञानिकहरूले यो भाइरस प्राकृतिक रूपमा उत्पत्ति भएर सुरु भएको हुन सक्ने भन्दै आएका छन्।
के विश्वको समीकरण बदलिन्छ? - नेपाल लाइभ डट कम बाट साभार