नागरिक पोष्ट News


विश्वभर कोरोनाबाट ३० हजारको मृत्यु, इटालीमा १० हजार बढीको मृत्यु

1.8K

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या करिब ३० हजार नाघेको छ । संक्रमित हुने मानिसको संख्या ६ लाख ४२ हजार कटिसकेको छ। इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । इटालीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्र आठ सय ८९ जनाले ज्यान गुमाएका हुन् । यससँगै इटलीमा कोरोनाबाट मृत्यु हुने मानिसको संख्या १० हजार २३ पुगेको छ ।

Must View