नागरिक पोष्ट News


घमण्ड नगर मान्छेहरू, प्रकृतिको शक्ति अगाडी घुँडा टेक्नैपर्दछ - रामप्रसाद खनाल

3K

एउटा सानो पाजी भाइरस

जसलाई हेर्न माइक्रोस्कोप चाहिन्छ

त्यस्तो फिस्टे भाइरसले

संसार हावा कावा पार्न सक्ने

छिन भरमै मान्छे खार्न सक्ने

जो कसैलाई पनि कुनै पनि बेला मार्न सक्ने

मै हुँ भन्नेलाई गलाउन सक्ने

थाहै नदिएर थलाउन सक्ने

राजा, युवराज नभन्ने

प्रधानमन्त्री, नेता, कसैलाई नगन्ने

उ, आज संसार छाएको छ

प्राथमिकता पाएको छ

-www.enepalese.com

हामी मान्छे, ठुला भएर के नापियो ?

देख्न सक्ने भएर के नापियो ?

आखिर मन्दिर, मस्जिद र चर्चहरूमा

घुँडा टेकेर प्रार्थना गर्नै पर्ने रहेछ !

त्यसैले फुर्ती नगर मान्छेहरू !

घमन्ड नगर तिम्रो पद,

पैसो र शक्तिमा किनकि नदेखिने

भाइरस तिमी भन्दा कयौँ गुणा

शक्तिशाली रहेछ छिन

भरमै तिमीलाई उडाउन सक्दो रहेछ

तिम्रो धन दौलतले भरिपूर्ण सहरबाट

तिमीलाईनै आतङ्कित बनाउँदै

तिमीलेनै उजाड बनाएका

ती गाउँ घर र बस्तीहरूमा

कुँदाउन सक्ने रहेछ ।

हेर त त्यो नदेखिने भाइरस,

तिमी भन्दा कति शक्तिशाली रहेछ !

त्यसैले छोडिदेऊ

तिम्रो र मेरो भनेर मरीहत्ते गर्न

तोडिदेऊ तिम्रा घमन्ड र आशक्तिहरू

किन कि, तिमी

नदेखिने भाइरस भन्दा पनि कमजोर छौ।

कति हो कति कमजोर छौ

फुर्ती गर्दै नगर घमन्ड

गर्दै नगर मर्दिन भन्ने भ्रममा पर्दै नपर !

बरु सक्छौ भन्ने पुण्य काम गर

असल बन्ने प्रयास गर ।

 

– रामप्रसाद खनाल, भर्जिनिया अमेरिका, मार्च २८, २०२०

Must View