नागरिक पोष्ट News


कोरोनाको बढी जोखिम कस - कसलाई, कसरी बच्ने, बालबालिका र गर्भवती महिला जोखिम समुहभित्र

1.9K

विश्व स्वास्थ्य संगठनले कोरोनालाई प्रत्यक्ष रुपमा मानिसको रोग प्रतिरोधात्मक क्षमतासँग सम्बन्धित भाइरस भनेको छ । अर्थात जसको रोग प्रतिरोधात्मक क्षमता कम छ उसलाई कोरोना भाइरसले आक्रमण गर्ने सम्भावना उच्च हुन्छ ।

चिकित्सकका अनुसार मानिसको उमेर बढ्दै गएपछि शरीरका मुख्य अगंहरु मुटु, फोक्सो र पाचन प्रणालीको शक्ति कम हुँदै जान्छ । जसको कारण भाइरसले सजिलै आक्रमण गर्दछ ।

विश्व स्वास्थ्य संगठनले विशेष गरी ६० वर्षमाथिका र मुटु, फोक्सो र अन्य दीर्घरोगीहरुलाई कोरोनाको उच्च जोखिमको समुहमा राखेको छ । बालबालिका र गर्भवती महिला पनि जोखिम समुहभित्रै पर्छन् ।

जनस्वास्थ्य विज्ञ समीरमणि दीक्षितका अनुसार जोखिम उमेर समूहका मानिस होम क्वारेण्टाइनमा बसेमा उनीहरु सम्भावित जोखिमबाट मुक्त हुन्छन् ।

किनकी, क्वारेण्टाइनमा बस्दा उनीहरु अन्य मानिसको सम्पर्कबाट टाढा रहन्छन् भने भीडभाड र बाहिरी वातावरणमा घुलमिल हुन पाउँदैनन् । जसको कारण उनीहरुसम्म कोरोना भाइरस पुग्ने सम्भावना न्यून हुन्छ ।

नयाँ अध्ययन भन्छ, ‘ब्लड ग्रुप-A लाई कोरोनाको जोखिम बढी, O लाई न्यून‍’

चीनका चिकित्सा अनुसन्धाकर्ताहरुले गरेको प्रारम्भिक अनुसन्धानले रक्त समूह ए का मानिस संक्रमणको उच्च जोखिममा रहेको देखाएको हो। दुई हजार जना कोभिड- १९ संक्रमितहरुमा अनुसन्धान गर्दा अधिकांश व्यक्तिहरु रक्त समूह ए को रहेको देखिएको हो।

चिकित्सा अनुसन्धानकर्ता वाङ सुहाङ्कको नेतृत्वमा अनुसन्धान भएको थियो। अनुसन्धानकर्ताहरुले रक्त समूह ए भएका व्यक्तिहरुलाई विशेष निगरानीमा राख्न सुझाव  समेत दिएका छन्।

'ए रक्त समूह भएका व्यक्तिहरुमा कोरोनाको लक्षण बढी देखिएको छ। उनीहरु उच्च जोखिममा रहेकाले विशेष निगरानीमा राख्नुपर्छ,'' अनुसन्धानकर्ताहरुको सुझावमा उल्लेख छ।

Must View