नागरिक पोष्ट News


भारतको मुम्बईमा कोरोनाले चिकित्सकको मृत्यु, महाराष्ट्रमा १५३ संक्रमित

2.3K

भारतको मुम्बईमा एकजना ८६ वर्षीय चिकित्सकको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । मुम्बईस्थित सैफी अस्पतालमा कार्यरत चिकित्सकको शुक्रबार मृत्यु भएको हो । अस्पतालले एक वक्तब्य जारी गरी महाराष्ट्र स्वास्थ्य सतर्कता विभाग र मुख्यमन्त्रीलाई चिकित्सकको कोभिड–१९ को संक्रमणले मृत्यु भएकोबारे जानकारी गराएको उल्लेख गरेको छ । सिटी स्क्यानपछि कोरोना संक्रमणको पुष्टि भएपछि विशेषज्ञ चिकित्सकलाई हिन्दूजा अस्पतालको आईसोलेशन वाडमा रिफर गरिएको थियो । महाराष्ट्रको स्वास्थ्य विभागका अनुसार शुक्रबार मात्रै २८ जना संक्रमित थपिएको छ । महाराष्ट्रको सांगलीमा मात्रै १५ जना संक्रमित फेला परेका छन् । राज्यमा कुल संक्रमितको संख्या १५३ पुगेको छ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८०९ पुगेको छ । मृतकको संख्या भने १८ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । 

Must View