विश्वभर २७ हजार २ सय ५१ जनाको मृत्यु, हेलचेक्र्याई गरे अवस्था भयावह हुने विज्ञहरुको चेतावनी
विश्वभर २७ हजार २ सय ५१ जनाको मृत्यु भएको छ । ५ लाख ९४ हजार ३ सय ४४ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । संक्रमितहरु ठूलो संख्यामा उपचार पछि निको पनि भएका छन् ।
विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण इटालीमा एकैदिन ९ सय १९ जनाको मृत्यु भएको छ ।
इटालीमा कोरोना महामारी फैलिएपछि एकैदिन यति ठूलो संख्यामा मानिसको मृत्यु भएको यो पहिलो पटक हो । योसँगै त्यहाँ मृत्यु हुनेको संख्या ९ हजार १ सय ३४ पुगेको छ ।
करिब ६ हजार नयाँ संक्रमित पुष्टि भएपछि संक्रमितको संख्या ८६ हजार ५ सय पुगेको छ ।
स्पेनमा थप ७ सय ७३ जनाको मृत्यु भएको छ । त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार १ सय ३८ पुगेको छ । संक्रमितको संख्या ६५ हजार ७ सय १९ पुगेको छ ।
अमेरिकामा थप ३ सय १२ जनाको मृत्यु भएको छ । त्यहाँ मृतकको संख्या १६ सय ७ जनाको मृत्यु भएको छ भने एक लाख २३ हजार ९६ जना संक्रमित छन् ।
फ्रान्समा १ हजार ९ सय ९५ जनाको मृत्यु भएको छ । ३२ हजार ९ सय ६४ संक्रमित छन् । दक्षिण कोरियामा कोरोना संक्रमणको फैलावट रोकिएको देखिएको छ । त्यहां मृतक र संक्रमितका संख्या बढेको छैन । मृतकको संख्या १ सय ३९ र ९ हजार ३ सय ३२ संक्रमित छन् ।
भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २० र संक्रमितको संख्या ८ सय ८७ पुगेको छ ।