अन्तत ट्रम्प झुके: चिनियाँ राष्ट्रपति सी चिनिफिङबीच कुराकानी, मिलेर अघि बढ्ने प्रतिबद्धता
2.1K
कोरोना भाइरसलाई पटक पटक ‘चाइना भाइरस’ भन्दै आएका ट्रम्पले अन्ततः सीसँग कुरा गरेका छन् । उनले ‘भाइरस’ मात्रै उल्लेख गरेका नभई चीनप्रति सम्मान नै व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपति सी चिनिफिङबीच कुराकानी भएको चीनको सरकारी टेलिभिजन सीसीटीभीले जनाएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पनि चिनियाँ समकक्षी सीसँग कुराकानी भएको आफ्नो सामाजिक सञ्जालमार्फत् जनाएका छन् । उनले कोरोना भाइरसको नियन्त्रणका लागि सँगसँगै अगाडि बढ्ने सहमति भएको पनि बताएका छन् ।