कोरोना भाइरस खतरनाक छ, निको भइसकेपछि पनि फेरि संक्रमण हुन सक्छ !
केही बिरामी कोभिड-१९ बाट निको भए। तर फेरि पछि तिनमा सङ्क्रमण पाइयो। सामान्यतया साधारण रुघाजस्तै कोरोनाभाइरस एकचोटि सङ्क्रमण भए प्रतिरोधी क्षमता बढ्छ। तर यो भाइरसमा के फरक छ?
सत्तरी वर्ष नाघेका एक पुरुष बिरामी चिकित्सकहरूसामु अनौठो र चिन्ताजनक उदाहरण बने।
ती व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण पाइएपछि टोक्योको अस्पतालमा आइसोलेशनमा राखिएको थियो।
जापानी समाचार प्रसारक एनएचकेका अनुसार ती निको भए र सामान्य जीवनमा फर्किए। उनले सार्वजनिक यातायात पनि प्रयोग गरे। केही दिनपछि पुन: बिरामी भए र उनलाई ज्वरो आयो।
भाइरस फर्कियोस्पेनका जैविक प्रविधिसम्बन्धी राष्ट्रिय केन्द्रका भाइरोलजिस्ट लुई इन्वानेस भन्छन्: कम्तीमा १४ प्रतिशत बिरामीमा पुन: कोभिड-१९ भएको पाइएको छ।
उनको विश्वासमा यो फेरि सङ्क्रमण भएको नभई पुरानै भाइरस फेरि बल्झिएको हो।
भाइरस शरीरमा रहन्छकतिपय भाइरस शरीरमा तीन महिना वा लामो अवधिसम्म रहन्छन्।
कोभिड-१९ का बारे वैज्ञानिकहरूले अनौठो मानेको कुरा चाहिँ के हो भने निको भइसकेका बिरामीहरूमा यसरी पुन: सङ्क्रमण निकै चाँडो अवधिमा पाइएको छ।
भिन्न भिन्न रोगका लागि प्रतिरोधी क्षमता भिन्न भिन्न प्रकारले काम गर्छ भन्ने हामीलाई थाहा छ।