नागरिक पोष्ट News


कोरोना भाइरसबारे जोह्न्स हप्किन्स युनिभर्सिटीको नयाँ तथ्य खुलासा, भाइरस यसरी छिटो छिर्ने

4K

। जोह्न्स हप्किन्स युनिभर्सिटी अमेरिकाले कोरोनाभाइरस के हो र यो के कसरी जीवित रहन्छ ? त्यसबारे तथ्यहरु सार्वजनिक गरेको छ ।

युनिभर्सिटीले कोरोनाभाइरस मार्ने उपायहरु पनि सुझाएको छ ।

भाइरस कुनै जीवित तत्व होइन । तर, यो प्रोटिन अणु अर्थात् बोसोको सुरक्षात्मक तहले ढाकिएर रहने भाइरस हो ।

यो भाइरस जीवित जीव त होइन तर प्रोटिन अणु हो । यो जहाँ हुन्छ, त्यहाँ जीवित रहन त्यहाँको तापमान, आद्रता र सामग्रीको प्रकारमा निर्भर हुन्छ ।

भाइरस वास्तवमा निकै कमजोर हुने भएपनि यसलाई बोसोको बाहिरी तहले सुरक्षा गर्ने भएकाले बलियो बनाउँछ । त्यसैले यसलाई मार्ने उत्तम उपाय भनेको साबुन-पानी र डिटेर्जेन्टले पटक-पटक हात धुने हो ।

साबुनबाट आउने फिँजले बोसो काट्नुका साथै भाइरसमा रहेको बोसोको पत्रलाई नष्ट गरी हातैमा विच्छेद गर्दछ ।

साबुनमा २० सेकेन्डमा फिँज बन्ने भएकाले एकपटकमा २० सेकेन्डभन्दा बढी हात रगड्नु जरुरी छैन ।

चिसो पानीमाभन्दा तातो पानीमा साबुनको फिँज बढी आउने हुनाले २५ डिग्रीभन्दा माथिको तातो पानी प्रयोग गर्नु राम्रो हुन्छ ।

हालको समयमा लुगा धुँदा, नुहाउँदा पनि २५ डिग्रीभन्दा माथिको तातो पानी प्रयोग गर्नु उत्तम हुन्छ ।

६० देखि ६५ प्रतिशतसम्म मदिरा मिसिएको कुनैपनि तरल पदार्थले बोसो काट्ने हुनाले रक्सी मिसिएको स्यानिटाइजरमात्रै प्रयोग गर्नु पर्दछ । जसले भाइरसको बाहिरी तहमा रहेको बोसो सजिलै काट्दछ ।

कपडा लगाउनुअघि कपडा झारेर लगाउने गर्नु हुँदैन । यसो गर्दा कपडामा रहेको भाइरस हावामा तैरिएर तपाईंको नाकबाट शरीरमा प्रवेश गर्छ ।

भाइरस चिसो ठाउँमा बढी बस्ने हुनाले जता बसेपनि उज्यालो अर्थात् बत्ती बालेर तातो ठाउँमा बस्नु जरुरी छ ।

अल्ट्रा भोइलेट लाइट भाइरस मार्ने अर्को उत्तम उपाय हो । यसले भाइरसको प्रोटिनलाई छिया-छिया पार्दछ ।

भाइरस स्वस्थ छालाबाट शरीरमा प्रवेश गर्न सक्दैन ।

कोरोनाभाइरस नियन्त्रणका लागि भेनेगर प्रयोग गर्नु घातक हुन्छ । यसले भाइरसको सुरक्षात्मक तह भंग नगर्ने हुनाले भेनेगर प्रयोग नगर्नु होला । स्प्रिट, भोड्काजस्ता रक्सीजन्य पदार्थहरुले भाइरस मार्न सक्दैन ।

ठाउँ जति खाली गर्‍यो, भाइरस जीवित रहने सम्भावना कम हुन्छ । कुनैपनि सामग्री छुनुअघि र पछाडि हात धुन जरुरी छ । जस्तैः कम्प्युटर, डेस्क, टीभी, सेल फोन, घडी, बत्तीका स्वीचहरु, रिमोट कन्ट्रोल आदि ।

भाइरस एअर कन्डिसन, कारमा पनि लामो समय जीवित रहन्छ । भाइरस कपडामा चार घन्टा, धातु वा धातुबाट बनेको सामग्रीमा ४२ घन्टा जीवित रहन्छ । कार्डबोर्डमा २४ घन्टा, प्लाष्टिकमा ७२ घन्टा । यी सबै सामग्री हल्लाइयो भने भाइरस हावामा तैरिएर नाकमा प्रवेश गर्छ ।

नङ छोटा पार्नु होला । त्यसो गर्दा भाइरस नङमा लुक्ने सम्भावना कम हुन्छ । (एजेन्सी)

Must View