नागरिक पोष्ट News


कोरोनाले पूर्वीय संस्कृतिलाई ब्युझायो : विश्वव्यापी बन्यो नमस्कार !

2.7K

 

पूर्वीय संस्कृतिलाई सम्झने बेला 

author-image

डा. साधना प्रतीक्षा

हाम्रो परम्परा र संस्कृतिमा न चुम्बन र अंकमालको छुट थियो न त हात मिलाउने आवश्यकता नै ! पतिपत्नीबाहेक जुठो खान बर्जित मानिन्थ्यो। अझै पनि पाकाहरू बाहिरबाट आएपछि साना नानीहरूलाई छुनु हँुदैन भन्छन्। आगो–पानी छोएर मात्र छुनुपर्ने भन्ने मान्यता छ जसको अर्थ हो हात धोएर आगोमा सेकेपछि जिवाणुबाट निर्मलीकरण हुन्छ। यसले गर्दा साना नानीको संवेदनशील शरीरमा संक्रमणको खतरा रहँदैन। यसलाई पनि हामीले अन्धविश्वासकै नाम दिएका छौं ! 

शौचालय घरदेखि केही दूरीमा बनाउने, खरानी पानीले हात धुने चलन थियो त्ता–चप्पलले घरभित्र प्रवेश पाउँदैन्थ्यो, कारण त्यसका माध्यमबाट घरमा किटाणुले प्रवेश पनि नपाओस्। सर्वाधिक कडा नियम त भान्सामा हुन्थ्यो, खाना पकाउनेदेखि खानेलेसम्म निश्चित नियम पालना गर्नुपर्ने।

(यो लेख अन्नपूर्णपोष्टमा डाक्टर साधना प्रतीक्षाले लेख्नुभएको हो र समय सान्दर्भिक भएकोले लिंकसहित साभार गरेका हौं )

हाम्रो संस्कृति, हाम्रो गौरव : १३ दिने कोरा/कृया पुत्री नै किन ? उत्तर - अहिलेको क्वारेन्टाईन 

कोरोना भाईरसले हिन्दूत्वलाई संसार भरी स्थापित गराएको छ ।

- अब संसार हात मिलाउदै नमस्कार गर्छ ।

- अब संसार घर भित्र पस्दा हात खुट्टा मुख धुन्छ ।

- अब संसार लास गाड्दैन जलाउछ ।

 

विश्वव्यापी बन्यो नमस्कार !

हात मिलाउनुको सन्दर्भ हात मिलाउने चलन ईशापूर्व ५ सय शताब्दीतिर ग्रीसमा सुरु गरिएको सभ्यता हो । त्यतिबेलाको हतियार एवम् शस्त्रबन्ध सभ्यताबाट हतियारमुक्तिको सभ्यतातिर बिस्तारै विश्व अघि बढ्दै थियो अर्थात् निशस्त्रीकरणको आवश्यकता महसुस गरिँदै थियो। ग्रीसलाई सभ्यताको उद्गम पनि मानिन्छ । ग्रीसमा लडाइँ, हतियार र शस्त्रको अतिप्रयोगबाट आजित र थकित जनमत बिस्तारै प्रेम, शान्ति र करुणाको खोजीमा थियो । हात मिलाउने परम्परा तात्कालीन ग्रिसेलीहरूको शान्ति र प्रेमको चाहनामा विकसित परम्परा थियो । त्यतिबेला हात मिलाउनु भनेको शान्तिको सन्देश प्रवाह गर्नु थियो ।

नमस्ते सबैभन्दा स्वस्थ विधि कोरोना भाइरसका कारण हुन पुगेको क्षति यद्यपि वर्षेनी नियमित रुघाखोकीबाट हुने विश्वव्यापी क्षतिभन्दा कम छ भनेर भनिएको छ, तापनि यसबाट सुरक्षित रहनका लागि केही खास विषयहरूमा विशेष सतर्कता अपनाइएको छ । यो सरुवा रोग भएकाले र हावाबाट भन्दा धेरै मुखको सास, हातको स्पर्शलगायतका माध्यमले ज्यादा फैलिने र सर्ने सम्भावना रहेको भन्ने कुरा आएपछि अब विश्वभरि हात नमिलाउन र त्यसका ठाउँमा नमस्ते गर्न विश्वप्रसिद्ध राजनेताहरूले नै लबिङ गरिरहेका छन् ।

कोरोनाको सङ्क्रमणपछि यसको विकल्पमा दुई मुठीहरू आपसमा छुने, दुई खुट्टाहरू परस्परमा छुने, शिर मात्र झुकाउने, हात हल्लाउने र नमस्ते गर्ने अभिवादनका शैलीहरूको पक्षमा वकालत तथा प्रवर्धनको काम भइरहेको छ । तर, यी विकल्पहरूमध्ये पनि नमस्ते गर्दा शून्य सङ्क्रमणको सम्भावना रहेको हुँदा नमस्तेकै लागि विश्वचर्चित राजनेताहरूले यसलाई अभिवादनको संस्कारभित्र समेट्न आफ्ना देशवासीहरूसित आग्रह समेत गरेका छन् र नमस्तेको पक्षमा विश्वव्यापी जनमत ढल्किएको छ।

नमस्ते गर्दै विश्वप्रसिद्ध राजनेताहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसालै आइरिस प्रधानमन्त्री लियो वरदकारसित न्युयोर्कको भेटमा हात नमिलाई नमस्ते गरेर कोरोनाको सङ्क्रमणबाट मुक्त हुन सकिने सम्भावनाबारे विश्व जगत्लाई सचेत बनाएका छन् । ‘भारतमा यही परम्परा छ, जापानमा पनि झुकेर अभिभादन गर्ने चलन छ । हामीले पनि हात मिलाएनौँ । नमस्ते गर्न सजिलो पनि छ ।’ भन्ने अभिव्यक्ति पक्रकारहरूबीच दिएका थिए । वरदकार र ट्रम्पले परस्परमा धेरै पटक नमस्ते गरेर कोरोनाको सङ्क्रमणबाट मुक्त हुनुपर्ने सन्देश प्रवाह गरिरहेका थिए ।

त्यस्तै, बेलायती राजकुमार चाल्र्सले पनि बेलायतमा एउटा वार्षिक अवार्ड वितरण समारोहमा सहभागी हुँदा कसैसित पनि हात नमिलाई नमस्ते गरेर अभिवादन आदानप्रदान गरेको दृश्य पनि विश्वभरि नै भाइरल बन्न पुग्यो । यसले पनि नमस्ते अभिवादनको स्वस्थ विधि हो भन्ने तथ्यलाई प्रसार गर्न बल पुगेको छ ।

स्पेनका राजा फेलिप र उनकी रानीसितको भेटमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले पनि नमस्तेकै अभिवादन मार्फत स्वागत गरेका थिए । यसअघि सधैँ हात मिलाउने राष्ट्रपतिको यो नयाँ संस्कारले नमस्ते निश्चितरूपमा अभिवादनको स्वस्थ विकल्प हो भन्ने सत्यलाई स्थापित गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि केही दिनअघि मात्र आफ्ना देशवासीहरूलाई सम्बोधन गर्दै हात नमिलाउन, नमस्तेको पूर्वीय संस्कारलाई पछ्याउन र कोरोनाको सङ्क्रमणबाट जोगिन अनुरोध गर्दै सम्बोधन गरेका थिए । नेतन्याहुले धेरै ठाउँमा नमस्तेलाई प्रवर्धन र प्रसार गरी कोरोनाको त्रासबाट मुक्तिको प्रयास गरेका छन् ।

चर्चित भारतीय नायक सलमान खानले पनि ‘कोरोना भाइरसको सङ्क्रमणबाट बच्न हामीले नमस्ते र सलाम गरौँ, हात नमिलाऔँ ।’ भन्ने सन्देश प्रवाह गरेका छन् । त्यस्तै भारतीय अभिनेता अनुपम खेरले पनि नमस्तेको पक्षपोषण गरेका छन्। माथिका सबै विशिष्ट व्यक्तिहरूले नमस्तेको आवश्यकता बोध गरी त्यसको पक्षमा वकालत गर्नुपूर्व नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सबैसित हात मिलाउन छोडेर नमस्ते गर्न अनुरोध गरिसकेका थिए ।

के हो नमस्ते ? उत्तर र पश्चिमबाट आयातीत अभिवादनका अनेक प्रयोगहरूमा रमाइरहेका हाम्रो देशका नवराजनैतिक मानिस र नवधार्मिकहरूले पनि हात मिलाउन छोडेर नमस्ते गर्न थालेको दृश्य देख्न पाइएको छ ।

जतिबेला ग्रीसमा हात मिलाउने परम्पराको थालनी हुँदै थियो, त्यतिबेला हाम्रो हिमाल र पहाडमा मानिसले नमस्ते गर्न थालेको हजारौँ वर्ष बितिसकेको थियो । हाम्रा ऋषिमनीषीहरूले चेतनाको अतिविशिष्ट तहबाट ‘नमस्ते’ सभ्यताको विकास गरेका थिए ।

‘नमः’ र ‘ते’ मिलेर नमस्ते शब्दको निर्माण भएको हुन्छ । संस्कृतमा ‘ते’ भनेको तपाईँ हो भने ‘नमः’ भनेको अभिवादन, नमन, वन्दन वा सम्मान भन्ने हुन्छ । अझ माथि गएर ‘नमः’लाई पनि दुईटा बनाएर हेर्दा ‘न’ र ‘म’ हुन्छ । ‘न’ को अर्थ होइन अथवा छैन भन्ने हुन्छ भने ‘म’को अर्थ म स्वयम् वा आफू भन्ने हुन्छ । ‘नमः’को मात्रै अर्थ हेर्दा ‘म होइन’ भन्ने हुन्छ । अब ‘नमः’ र ‘ते’लाई सगैँ मिलाएर अर्थ लगाउँदा नमस्तेको अर्थ ‘म होइन, तपाईँ हो’ भन्ने हुन्छ ।

यसरी, नमस्ते गर्नुको अर्थ आफूलाई भन्दा आफूअगाडिको व्यक्तिलाई मूल्यवान् देख्नु हो, उसको अस्तित्वलाई सम्मान गर्नु हो, उसको भावनालाई सम्मान गर्नु हो, उसको सम्भावना, प्रतिभा, उपस्थिति र प्रभावकारितालाई नमन् गर्नु हो ।

Must View