नागरिक पोष्ट News


अमेरिकामा कोरोना संक्रमितको संख्या ८१ हजार नाघ्यो, इटालीमा संक्रमितको संख्या ८० हजार ५९८

1.8K

अमेरिकामा कोराना संक्रमितको संख्या सबैभन्दा बढी देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १४ हजार ९९५ जनामा कोरोना भाइरसको नयाँ संक्रमण पुष्टि भएको छ ।

चीनमा कुल संक्रमितको संख्या ८१ हजार २८५ छ भने अमेरिकामा त्यो भन्दा बढी ८३ हजार २०६ पुगेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिए जस्तै विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको संक्रमणको नयाँ इपिसेन्टर अमेरिका बन्दै गएको छ ।

तेस्रो स्थानमा रहेको इटालीमा संक्रमितको संख्या ८० हजार ५९८ पुगेको छ । पछिल्लो २४ घण्टामा इटालीमा ६ हजार २०३ जना नयाँ संक्रमित थपिएका हुन् ।

यस्तै स्पेनमा ८ हजार २७१ नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्या ५७ हजार ७८६ पुगेको छ । पछिल्लो केही दिनयता स्पेनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या लगतार तीव्र गतिमा बढेको छ ।

Must View