कोरोना भाइरस: जैविक हतियारको खेल हुनसक्छ, अदृश्य शक्तिको युद्ध त होइन ! विश्व नै सशंकित छ
नेबेल कोरोना भाइरसको आतंक अहिले विश्वव्यापी छ । चीनको वुहान प्रान्तबाट डिसेम्बर २०१९ मा फैलिएको यो भाइरस अहिले १६५ भन्दा बढी मुलुकमा फैलिइसकेको छ । युरोप अमेरिका अहिले सबैभन्दा बढी चपेटामा छन् । इटली, स्पेन, फ्रान्स, अमेरिका अहिले सबैभन्दा बढी प्रभावित छन् । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारीको घोषणा गरिसकेको छ । शक्तिसम्पन्न राष्टहरु कोरोनको सामु घुँडा टेक्न बाध्य हुदैछन् । हालसम्म २१ हजारको मृत्यु भइसकेको छ भने इटाली स्पेन र अमेरिकामा बढी यो भाइरसको हमला भएको छ । शुरुमा सामान्य भाइरस भने पनि यसको आक्रमण अबस्था हेर्दा सामान्य जस्तो देखिदैन ।
विश्वका प्रविधिमा सम्पन्न शक्तिशाली देशहरु यसको अबस्स्थालाई केही हदसम्म रोक्न किन सफल भइरहेका छैनन् । विश्व स्वास्थ्य संगठन अध्ययन र अनुसन्धान गर्दै हिड्छ किन ? संयुक्त राष्टसंघ किन यसको नियन्त्रणको लागि आक्रामक छैन । अनि चीनको सहयोग अमेरिका चाहदैन, चीन र वुहान भाइरस भनेर गैर अभिव्यक्ति दिइरहेको छ त । डब्लएचओ कहिले दक्षिण तिर भाइरस फैलिइरहेको छ भन्छ त घरी अमेरिका एपी सेन्टर बन्दैछ भन्छ अनि भारत सबैभन्दा बढी जोखिम व्यहोर्ने देश बन्छ भन्दै हिड्छ । इरान अमेरिकाको नाकाबन्दीमा भाइरसको चपेटामा एक्लै होमिएको छ । आम नागरिकले नबुझेका कुरा । यस अर्थमा कोरोना भाइरस आफै निस्किएको भाइरस भन्दा पनि जैविक रुपमा युद्धको परीक्षणको रुपमा बनाइएको हतियार होइन भन्ने आशंका अहिले विश्व्यापी छ । यस कुरालाई पुष्टि गर्ने केही समाचार लिंकहरु यसप्रकार उल्लेख गरेका छन् । आम जनमानसमा देखिएको आशंकालाई हामीले यहाँ समेटेका मात्र हौं, वास्तविकता नहुन पनि सक्छ ।
चिनियाँ भाइरस जैविक हतियार वन्दै, चीनप्रति विश्व सशंकित- सिद्धार्थ गौतम
किन यो भाइरसको सन्त्रास फैलियो ? यो जान्न आवस्यक छ । कम्युनिस्ट चीनले जैविक हतियारको परीक्षण गरेर विश्वलाई नै आतङ्कित र खतरामा पारेको कुरा चर्चामा आउन थालेको छ । सीमित मात्रामा चीनको जैविक गोप्य हतियार कार्यक्रम सैन्य प्रोजेक्ट चलिरहेको थियो । क्यानाडाको प्रयोगशालाबाट मार्च २०१५ मा चीनको जासुसहरुले कोरोना भाइरसको नमुना चोरेका थिए । अमेरिकाको बिदेश बिभागले पनि गत वर्ष चीनले जैविक युद्ध परीक्षणमा संलग्न रहेको जनाएको थियो । (लेखक गौतम, नेपाल रिपब्लिक पार्टीका केन्द्रीय अध्यक्ष हुन् । यो लेख उनको नीजि विचार हो )
कसले बनायो विश्वलाई आतङ्कित बनाइरहेको नोबेल कोरोनाभाइरस ?
अमेरिकाले कोरोनालाई ‘वुहान भाइरस’ भन्न जोड गरेपछि जी–७ राष्ट्रमा विभाजन
कोरोना ‘युद्ध हो, नदेखिने शक्तिबाट आक्रमण भएको छ - डा. सुन्दरमणि दिक्षित
कोरोना भाइरस मानव जातिकै लागि जोखिम : राष्ट्रसंघ
ट्रम्पको उद्घोष– अमेरिका बन्द गर्नका लागि बनेको होइन
चीनको आरोप : अमेरिकी सेनाले कोरोना वुहानमा भित्र्याएडब्लूएचओको चेतावनी– युवा पनि कोरोना भाइरसको उच्च जोखिममा
अब कोरोना भाइरसको ‘इपिसेन्टर’ बन्न सक्छ भारत
चीनद्वारा तीन अमेरिकी पत्रकारलाई देश निकाला
२४ घण्टामै हुन्छ कोरोनाको परीक्षण : तर, किन संघर्षरत छन् केही देशहरु ?