नागरिक पोष्ट News


भारतमा एक कोरोना संक्रमितका कारण १३ लाखमाथि संक्रमण फैलाउनसक्ने खतरा

2.1K

 भारतमा एकजना व्यक्तिका कारण लाखौं खतरामा परेको घटना हो सार्वजनिक भएको छ ।

साउदी अरबबाट भारत आएकी महिला राजसंस्थान पुगिन् । उनी जहाँ पाहुना बनेर बसिन् त्यस घरका परिवारलाई कोरोना भाइरसको संक्रमण भयो । महिला कोरोना संक्रमित थिइन् । पेशाले चिकित्सकको घरमा पुगेकी ती महिलाले जसलाई सारिन् तिनले अन्य व्यक्तिलाई पनि सारे ।

क्लिनिक संचालन गर्ने ती चिकित्सकले उपचार गर्न आउनेलाई नै कारोना भाइरस सारे । चेकजाँच गर्न आउनेहरुका परिवार नै अहिले क्वारेन्टाइनमा राखिएका छन् । यतिसम्मकी ती चिकित्सक बस्ने गरेको बस्तीका मानिसहरुलाई स्क्रिनिङ गर्न थालिएको छ । उनी बसेको वस्तीमा १३ लाख मानिस बसोबास गर्दछन् । त्यहाँ संक्रमित भएको हुनसक्ने भन्दै लगत र टेष्ट हुनथालेको छ । यो खबर भारतीय मिडिया आजतकले प्रसारण गरेको छ ।

Must View