दुबईमा सयौ नेपाली अलपत्रमा, नेपाल सरकारको गम्भीर ध्यानाकर्षण होस्
दुबईमामा सयौ नेपालीहरु अलपत्र परेको खबर प्राप्त भएको छ । उनीहरु अहिले भोकभोकै अबस्थामा छन् । ओमनबाट केही समाजसेवीहरुले सक्दो पहल त गरिरहेका छन् । तर मेनपावरको तर्फबाट कुनै पहल नभएको पीडितहरुको गुनासो छ । अलपत्र भएको हप्ता दिन बित्न लागेको र उद्धारका लागि नेपाल सरकारको ध्यानाकर्षणका लागि सक्दो पहल गरिदिनका लागि अपील गरिरहेका छन् ।
"नेपाल सरकारको गम्भीरतापुर्बक ध्यानआकर्षण गराउन चाहन्छौं । "
दुबईमा सयौ नेपाली दाजु भाइ हरु खाना खान नपाइ मर्ने अबस्थ छ।ओमन बाट पनि हाम्रो समाज सेवि सर हरुले सक्दो पहल त गरि रहनुभएको रछ तर मेनपावरको तर्फबाट भाका आज भोलि पर्सि भन्दा भन्दै नि हप्ता दिन बित्न लागि सकेछ यो दुखमा हजुर हरु समाज सेबि रास्ट्रप्रेमी देश भक्ति मित्रहरूले सक्दो यो बिसयमा ध्यान आकर्ष गरि पीडित भाइ हरुको लागि राहत मिलोस उदार होस भन्न चाहान्छु