पत्रकार सम्मेलनमा सहभागी सञ्चारकर्मीलाई कोरोना भाइरस लाग्यो
3.9K
भारतको मध्य प्रदेशमा पत्रकार सम्मेलनमा सहभागी एक सञ्चारकर्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मध्यप्रदेशका मुख्यमन्त्री कोमलनाथद्वारा पदबाट राजीनामा घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सहभागी पत्रकारलाई कारोना संक्रमण देखिएको हो । उनको छोरीमा समेत संक्रमण देखिएको बताइएको छ । पत्रकार सम्मेलनमा दुई सय भन्दा बढी सञ्चारकर्मीको सहभागिता रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ती पत्रकारहरू क्वारेन्टाइनमा गए नगएको स्पष्ट भइसकेको छैन ।