कोरोना संक्रमित दक्षिण एसियामा बढ्दो, भारतमा ११ जनाको मृत्यु, पाकिस्तानमा धेरै संक्रमित
1.6K
कोरोना (कोभिड–१९) भाइरसको संक्रमण पाकिस्तानमा सबैभन्दा बढी देखिएको छ । पाकिस्तानमा संक्रमितको संख्या ९७२ जना पुगेको छ । भारतमा ५६२, श्रीलंकामा १०२, अफगानिस्तानमा ७४, बंगलादेशमा ३९, माल्दिभ्समा १३, भुटान र नेपालमा दुई/दुई जनामा संक्रमित देखिएका थिए
कोरोनाबाट भारतमा ११, पाकिस्तानमा ७ र अफगानिस्तानमा एक जनाको मृत्यु भएको छ ।