कोरोना भाइरसले विश्वभर लकडाउन: नेपालमा ७ दिन भारतमा २१ दिन लकडाउनमा
चीनको लकडाउन खुल्दै र सामान्य अवस्थामा फर्कंदै
कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन भारतमा २१ दिने ‘लकडाउन’ भएको छ । २४ अप्रिल राति १२ बजेदेखि भारत पुरै ‘लकडाउन’ मा गएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गर्नुभएको छ । कोरोना फैलिने जोखिम न्यूनीकरण गर्नको लागि भारतले सीमा नाका बन्द गरेको छ भने अन्तर्राष्ट्रिय उडान स्थगित गरेको छ । कोरोना भाइरसको कारण भारतमा १० जनाको ज्यान गइसकेको छ भने चार सय ९१ जना सङ्क्रमित भएका छन् । नेपालले २३ अप्रिलदेखि पूरै देश लगडाउन गरेको छ । नेपालमा २ जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म विश्वका १ सय ९७ देश र जापानको योकोहामामा पुगेको एउटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । अहिलेसम्म नेपालका दुई जनासहित ४ लाखभन्दा धेरै मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक लाखभन्दा धेरै मानिस निको भएका छन् । ल्डओमिटरका अनुसार अहिलेसम्म ४ लाख २० हजार ७ सय २९ जनामा सङ्क्रमण भएकोमा एक लाख ८ हजार ३ सय २३ जना स्वस्थ भएका छन् ।
जसमा गएको माघ ९ गते नेपालमा भेटिएका कोरोना संक्रमित निको भैसकेका छन् भने अहिले एक जनाको काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार चलिरहेको छ । अरु देशमा ‘लकडाउन’ सुरु भैरहेको बेला चीनको वुहानमा भएको ‘लकडाउन’ भने आंंशिक रुपमा खुलेको छ ।