नागरिक पोष्ट News


लकडाउनका बेला पनि भाटभटेनी, विगमार्ट, सेल्सबेरी डिपार्टमेन्टहरु खुल्ने

1.8K

सरकारले अत्यावश्यकीय वस्तुको सहज उपलब्धताका लागि अब लकडाउनकै बेला पनि भाटभटेनी, विगमार्ट, सेलवेज, सेल्सवेरीलगायतका डिपार्टमेन्टल खुल्ने व्यवस्था गर्ने भएको छ ।

उपभोग्य वस्तुको अभाव नहोस् भनेर सुरक्षात्मक उपाय अवलम्बन गर्दै ठूला तथा चेन डिपार्टमेन्टर स्टोर खुल्ने व्यवस्था गर्न लागिएको हो । खाद्यान्न विक्रीका लागि एक भन्दा बढी स्थानबाट बिक्रीकक्ष राखी बिक्री वितरण गर्ने ठूला विक्रेता भाटभटेनी सुपरमार्केट, विगमार्ट, सेलवेज, सेल्सवेरीबाट बिक्री सुरु गरिने मन्त्रालयले जनाएको छ ।

तरकारी, फलफूल, दूध, पानी तथा ग्यास पसल नियमित सञ्चालन हुने भएका छन् । कोरोना भाइरसको संक्रमण जोखिमलाई मध्यनजर राखी कर्मचारी र कामदारका लागि स्यानिटाइजर तथा मास्क लगाउने, भीडभाड नगर्नेलगायतका निर्देशन दिएको छ ।

देशभर गरिएको लक डाउनको समयमा अत्यावश्यक सामाग्रीहरू अभाव नहोस् भन्ने उद्देश्यका साथ मन्त्रालयले उद्योग सञ्चालन गर्न भनेको हो ।

दैनिक उपभोग्य वस्तुहरू (औषधि, खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी तथा, औषधि र खाद्यवस्तुका कच्चा पदार्थ) र पेट्रोलियम पदार्थ ढुवानी गर्ने यातायातका साधन यथावत सञ्चालन हुने छन् ।

Must View