नेपालका एनजीओ आइएनजीओ संकटतर्फ, वैदेशिक सहयोग रोकिने निश्चित
1.9K
सँसारभर कोरोना भाइरसको संक्रमण बढेपछि वैदेशिक सहयोग राकिनसक्ने भएको छ । मुख्य दातृराष्ट्रहरु आफै संकटमा परेपछि सहयोग रोकिने सम्भावना बढेको छ ।
अमेरिकाले अफगानिस्तानलाई दिदै आएको एक अर्ब डलर सहयोग रोक्ने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले सहयोग रोक्ने घोषणा गरेका हुन् । आर्थिक संकटका कारण धनी देशहरुले सहयोग रकम रोक्न थालेका छन् ।
नेपालमा संचालित राष्ट्रिय अन्तर्राष्ट्रिय गैर सरकारी सस्थाहरुको मुख्य दातृ राष्ट्रमा अमेरिका र युरोपेली युनीयनसम्वद्ध मुलुक रहेका छन् । अमेरिका र युरोपेली देशहरुमा संकट आएपछि संघसंस्थाहरुले पाउँदै आएको सहयोग रोक्किने वा अवरोध हुने देखिएको छ । यसले गैर सरकारी संस्थाहरुलाई ठूलो असर पर्ने देखिन्छ ।