नागरिक पोष्ट News


चीनीयाँ विज्ञको चेतावनी: कोरोना शुरुवात मात्रै हो,अन्त्य निकै कठोर हुनेछ,सावधानी अपनाउन अपील

5K

कोरोना फैलन शुरु गरेको देश चीनका विशेषज्ञले कोरोनाको महामारी भर्खरै शुरुवात मात्र भएको भन्दै यसको अन्त्य निकै कठोर हुन सक्ने चेतावनी दिएका छन् । यसको अन्त्य कसरी हुन्छ भनेर अहिले नै अनुमान गर्नु हतार हुन्छ तर यसले कठोर अन्त्य दिने कुरा निश्चित देखिन्छ । चीनका बरिष्ठ ईपिमियोलोजिष्ट झेगं ग्वागंले चीनीया अनुभवका आधारमा उक्त भविष्यवाणी गरेका हुन् । उनले मंगलबार बोल्दै चीनले प्रारम्भमै लक डाउन सहित कडा मापदण्ड बनाउदा बनाउदै पनि ८० हजार बढी संक्रमित भएको भन्दै विश्वले कोरोनालाई परास्त नगर्दा सम्म चीन समेत पुनस्थापित हुन नसक्ने बताए । झेंगले एक हजार बढी बिरामी हुने देशको संख्या २६ रहेको र विश्वभर तीन लाख बढी संक्रमितको संख्या पुगेको भन्दै पछिल्लो समयको यो वृद्धि तीव्र देखिएको बताए । उनले शुरुमा ६७ दिनमा एक लाख संक्रमित पुगेको विश्वभर भए पनि पछिल्लो समय केवल ११ दिनमा एक लाख नाघेको दावी गरे । उनले अझ केही दिन भित्रै निकै संक्रमित हुन सक्ने पुर्वानुमान गर्दै चीन र विश्व स्वास्थ्य संगठनले दिएको सुझाव पश्चिमा देशहरुले अस्वीकार गरीरहेको र उनीहरुले आफ्नै पुरानो अनुभवका आधारमा अनुमान गरीरहेको भन्दै यसले उनीहरुलाई नै समस्या बढाउन सक्ने बताए । यद्यपि, दक्षिण कोरीयाले मर्सबाट सिकेर काम गर्दा नियन्त्रणमा सफलता पाउदै गएको बताए । चीनको व्यवहारीक नीतिले छोटो समयमा नै यो नियन्त्रात्मक अवस्थामा राख्न सफल भएको भन्दै अमेरीकी विज्ञहरुले केही दिनमै आफ्ना पुर्वानुमानहरु गलत सावित भए पछि समर्पण गरेको जिकिर झेगंले गरे । यद्यपि, पछिल्लो समय पश्चिमा देशहरुले कडा नियन्त्रित कदमहरु चाल्नु सकारात्मक भए पनि त्यो निकै ढिलो भएको बताए । तत्कालै परिक्षण गर्ने र तत्कालै रेस्पोन्स गर्ने विधिबाट अघि बढेमा मात्रै यो महामारी नियन्त्रण गर्दै जान सकिने भन्दै उनले अमेरीका र चीनबीच बौद्धिक तथा प्राविधिक अनुभव आदान प्रदान जरुरी रहेको बताए । एशिया र अफ्रीकी देशहरुले अझै पनि तयारी गर्ने समय रहेको भन्दै कोरोनाले ठूलो रुप लिनु पुर्र्व नै कडाई पूर्वक सतर्कता अपनाएमा सहज हुन सक्ने सुझाव दिएको ग्लोबल टाईम्सले समाचार लेखेको छ । 

Must View