कोरोनाका थप लक्षणमा सुँघ्ने क्षमता र स्वाद लिने क्षमतामा कमी आउनु -अमेरिकी डाक्टर
1.6K
अमेरिकी डाक्टरहरुले सुँघ्ने क्षमता र स्वाद लिने क्षमतामा कमी आउनुलाई पनि कोरोना भाइरस (कोभिड–१९) को लक्षण मान्नुपर्ने बताएका छन् । उनीहरुले कोभिड १९ को लक्षणमा यसलाई समावेश गर्न माग गरेका हुन् ।
अमेरिकी एकेडेमी अफ ओटोलेयरेन्गोलोजी– हेड एन्ड नेक सर्जरीका अनुसार एनोस्मियाका लक्षण अर्थात् सुँघ्ने क्षमतामा कमी र स्वाद लिने क्षमतामा कमीलाई पनि कोरोनाको लक्षणका रुपमा लिनुपर्छ ।
‘अन्य लक्षण नदेखिएका तर एनोस्मियाका लक्षण मात्रै देखिएका बिरामीमा पनि अन्ततः कोरोनाको संक्रमण भेटिएको छ,’ एकेडेमीले वेवसाइटमार्फत जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यी लक्षण देखिएकाले सेल्फ–आइसोलेशनमा बस्नुपर्छ र उनीहरुको परीक्षण पनि हुनुपर्छ ।’