नागरिक पोष्ट News


न्युयोर्कमा कोरोनाबाट नेपालीको मृत्यु,भर्जिनिया,ज्याक्सनहाइटमा बस्ने नेपाली संक्रमित

1.9K

अमेरिकास्थित न्युयोर्कमा एक नेपाली अनिल लिम्बुको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । लिमबुको न्युयोर्कस्थित एल्महस्र्ट अस्पतालमा मृत्यु भएको हो । पछिल्लो जानकारी अनुसारअनिल लिम्बुका छोरालाई कोरोनाको संक्रमण देखिएको छ । उनलाई अहिले अस्पतालमा भर्ना गरिएको जनाइएको छ । यसैबीच अर्का एकजना ६० बर्ष काटेका नेपालीमा पनि कोरोना संक्रमणको लक्षण देखिएपछि केहीदिनदेखि एल्महस्र्ट अस्पतालमा भर्ना गरिएको जनाइएको छ । न्युयोर्कको ज्याक्सनहाइटमा बस्ने नेपाली उबर चालकमा पनि कोरोना संक्रमण भएको पुष्टी भएपछि एल्हमस्र्ट अस्पतालमा भर्ना गरिएको र भेन्टिलेटरमा राखिएको  छ । भर्जिनियाको फेयरफ्याक्समा बस्दै आएकी एकजना ३८ बर्षकी नेपाली महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । न्युयोर्कको ज्याक्सनहाइटमा बस्ने अर्का एकजना ५५ बर्षका नेपालीमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ । तीनदिन अगाडि परीक्षण गरिएको कोरोना परीक्षणको नतिजा हिजो प्राप्त भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

Must View