बीरगञ्ज नारायणी अस्पतालमा कतारबाट फर्किएका तीन युवा भर्ना, कोरोनाको लक्षण देखिएको छैन-डाक्टर
1.7K
अहिले सामान्य ज्वरो छ, कोरोनासँग सम्बन्धित अन्य लक्षणहरु देखिएको छैन, डाक्टर
कतारबाटै फर्केका तीन जना युवकमा ज्वरो आएपछि बीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका छन् । चैत ४ र ५ गते कतारबाट घर फर्किएका ४५ बर्षका, ३२ बर्षका र २२ बर्षका पुरुषमा ज्वरो देखिएको हो । लक डाउनको दिन मंगलबार मोटरसाइकलमा अस्पताल आउन लागेका उनीहरुलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र वडा कार्यालयले एम्बुलेन्समा राखेर नारायणी अस्पतालमा पठाएको छ । नारायणी अस्पतालमा आएकाहरुमा सामान्य ज्वरो देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिए का छन्।
अहिले सामान्य ज्वरो छ, कोरोनासँग सम्बन्धित अन्य लक्षणहरु देखिएको छैन, डाक्टरले बताए