नागरिक पोष्ट News


चिकित्सकको सल्लाह घरमै बस्नुहोस्, हामी आफै भाइरस खोज्दै भिडभाडमा नजाऔं

1.7K

अहिले कोरानाको कारणले सारा नेपालीमा त्रास फैलिएको छ ।  कोरोनालाई समेत हराउन सरकारले लगाएको लक डाउनको सारा नेपालीले पुरै सर्मथन गरेका छन् । नेपालीहरु सेल्फ क्वारेनटाइनमा बसिरहेका छन् । विकसित र अविकसित देशसँगै सबैजसो वर्गका व्यक्तिहरु कोरोनाको डरबाट आतङ्कित बनेका छन् ।  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा। रवि शाक्यले कोरोना संङक्रमणको कारण मानसिक रोग बढेको बताउनुहुन्छ । कोरोनाको सङक्रमण हुने डरले धेरै नेपालीहरु अतालिरहेका छन् । कोरोना लाग्ने वित्तिकै मर्छ भन्ने भ्रमबारे जनचेतना आवश्यक रहेको डा। शाक्यको बताउनुहुन्छ । कोरोनाबाट आत्तिहाल्नु पर्दैन, मनोबल बढाउन जनस्वास्थ्य विज्ञ डा। रवीन्द्र पाण्डेको सुझाव छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिदै जाँदा यसको संक्रमण नेपालमा पनि देखा परेको छ उहाँ भन्नुहुन्छ, चीन, युरोपियन देशहरु, अमेरिका, क्यानडालगायतका देशहरुमा हजारौंलाई कोरोना संक्रमण प्रमाणित भएको छ । ती मध्ये केहि देशमा दैनिक सयौंको संख्यामा बिरामीको मृत्यु पनि भइरहेको छ । विश्वको तंथ्याङ हेर्ने हो भने पनि मृत्यु हुनेमा क्यान्सरको अन्तिम स्टेजमा पुगेका बिरामी, अंग प्रत्यारोपण गरेका बिरामी, एचाइभी एड्सको औषधिले काम गर्न छोडेका दीर्घ बिरामी, पटक पटक निमोनिया भइरहने र दमका ती बिरामी जसलाई अक्सिजन २४ घण्टा आबश्यक पर्छ, दीर्घ मुटु र मधुमेहका बिरामी जसलाई ती रोगले मृगौला, मुटु लगायतका अंगमा असर गरिसकेको छ भने मात्र मृत्यु हुन्छ । सतर्क र सजग हुनुपर्दछ्र हल्ला र भ्रमको पछि लाग्दा मानसिक पीडा हुने डा।शाक्यको धारणा छ ।

Must View