नागरिक पोष्ट News


स्वास्थ्य जाँच गरी तुरुन्त नेपालीलाई आउन दिनुपर्यो सरकार ! अबस्था धनगडी नाकामा दृश्य

1.3K

आफ्नै देश फर्कन पनि संघर्ष गर्नुपर्ने कस्तो अवस्था, अबस्था धनगडी नाकामा दृश्य

भारतको मुम्बई, बैंगलोर, दिल्ली लगायतका स्थानमा काम गरिरहेका हजारौं नेपालीहरु अहिले त्रिनगर नाकामा रोकिएका छन् । नाकामा शशस्त्र, जनपथ प्रहरीहरुले उनीहरुलाई कैलालीको धनगढी र कञ्चनपुरको पुनर्वास क्षेत्रमा प्रवेश गर्न दिएको छैन् ।

भारतका विभिन्न स्थानबाट आएर नेपाल भारतको सीमा दशगजा क्षेत्रमा सोमबार रातिदेखि बस्दै आएका नेपाली र सुरक्षाकर्मीबीच सामान्य झडप भएको छ । नेपाल जान देउ भन्दै नारावाजी र ढुंगामुडा गरेर जवरजस्ती नेपाल पस्न खोजेपछि नेपाली धनगढीको त्रिनगर नाकामा सुरक्षाकर्मी र भारतबाट आएका नेपालीहरुवीच सामान्य झडप भएको हो । भारतले आफनो क्षेत्रमा कडाई गरिरहेको समयमा पनि भारतको पलियाबाट ३५ किलोमिटर पैदल यात्रा गरेर सीमा पुगेको उहाँहरुको भनाइ छ । क्वारेन्टाइनमा पनि बस्न तयार छौं तर नेपाल जान दिनुपर्छ सीमामा अलपत्र रहेकाहरुले बताए ।

Must View