नागरिक पोष्ट News


चीनमा फेरि हन्ता भाइरस देखियो, एकजनाको मृत्यु संक्रमित मुसाले टोकेमा रोग सर्ने

2.2K

कोरोनाको प्रकोप कायमै रहँदा अन्य भाइरसहरू पनि देखिन थालेका छन् । भारतमा स्वाइन फ्लु र बर्ड फ्लु देखिएसँगै चीनमा एक पुरुषमा हन्ता भाइरस पाइएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सले युन्नान प्रान्तका एक मानिस सोमवार शानदोङ प्रान्तमा जाँदै गर्दा बसमा मरेको भनी ट्वीटमार्फत जानकारी दियो । बसमा रहेका अन्य ३२ जनालाई पनि भाइरस भए नभएको परीक्षण गरिएको छ । यससँगै ट्विटरमा अहिले ह्यासट्याग हन्ता भाइरस ट्रेन्डिंगमा आएको छ ।

कसरी सर्छ ?

सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सन (सीडीसी)का अनुसार, हन्ता भाइरस मुख्यतया मुसाबाट सर्छ र मानिसहरूमा यसले विभिन्न खाले रोग लगाउँछ । यो रोग हावाको माध्यमले सर्दैन र मानिसहरू मुसाको पिसाब, दिसा र थुकको सम्पर्कमा आएमा मात्र सर्छ । संक्रमित मुसाले टोकेमा समेत रोग सर्ने सम्भावना रहन्छ ।

हन्ता भाइरसको लक्षण हन्ता भाइरसको प्रारम्भिक लक्षण भनेका थकान, ज्वरो, मांसपेशी दुख्ने, टाउको दुख्ने, चक्कर आउने, चिसो लाग्ने र आन्द्रामा समस्या आउने हुन् । यसको समयमै उपचार नगरिएमा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने र मृत्यु समेत हुने देखिन्छ ।

http://onlinepatrika.com/

Must View