नागरिक पोष्ट News


भारतमा कोरोनाको प्रकोप बढ्दो, ८ जनाको मृत्यु, ४२५ जना संक्रमित भएको पुष्टि

1.7K

 भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । मबार मुम्बईमा फिलिपिन्सबाट आएका ६८ वर्षीय व्यक्तिको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएपछि संख्या ८ पुगेको हो । यी व्यक्तिमा शुरुमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । तर, उनी यो संक्रमणबाट निको भएका थिए । सोमबार उनको मुम्बईस्थित एक अस्पतालमा मृत्यु भएको हो ।  भारतमा यो भाइरसको संक्रमण अहिलेसम्म ४२५ जनामा देखिएको छ । भारतमा कोरोना भाइरसको प्रकोप तीव्र गतिमा फैलिएको छ । सोमबार भारतीय अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा मात्र १५ नयाँ संक्रमित फेला परेका छन् ।

Must View