भारतबाट आएका नेपाली क्वारेन्टाइनबाट यसरी भागाभाग
2K
नेपालगञ्ज — सोमबार बिहान भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेका नेपाली सरकारले व्यवस्था गरेको क्वारेन्टाइनबाट 'भागेका' छन् । जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्ज उपमहानगरले उद्धार गरी नेपाल ल्याएको थियो। आफूहरुलाई कि त घर जान दिनुपर्ने कि व्यवस्थित तरिकाले राख्नुपर्ने भनेर आन्दोलन उनीहरुले गरेका थिए।
क्वारेन्टाइनका लागि छुट्याइएको स्थानमा कुनै सुविधा नभएको र एउटै कोठामा ३०-३५ जनालाई राखिएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका थिए।