नागरिक पोष्ट News


फ्रान्सबाट फर्किएका १९ बर्षको नेपालीमा कोरोना संक्रमण, सचेत रहौं, सावधानी अपनाऔं

2.9K

फ्रान्सबाट नेपाल फर्किएका १९ वर्षिय नेपालीमा कोरोनाको संक्रमण देखिएको पुष्टि गर्नु भएको छ ।  स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति भेटिएको जानकारी दिएका हुन् । १९ वर्षकी उनको टेकस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलमा उपचार भइरहेको छ । उनी फ्रान्सबाट आएपछि आफैं क्वारेन्टाइनमा बसेकी थिइन्, उनको रिपोर्ट हिजो प्रयोगशालाले पोजेटिभ देखाएपछि अस्पताल भर्ना भएकी थिइन् । उनिसँग सम्पर्कमा आएका ब्यक्तिलाई पनि क्वारेन्टाइनमा रखिएको छ ।

मन्त्री ढकालले नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था र आशंकित व्यक्तिका बारेमा जानकारी गराउन भएको थियो । मन्त्री ढकालले सरकारले अत्यावश्यक सेवा बाहेकका सबै कामहरु बन्द गरेर जनतालाई आ–आफ्ना घरभित्र बस्न र बाहिर अनावश्यक भिडभाड नगर्न गरेको आग्रहलाई पालना गर्न अनुरोध गर्नु्भयो ।

कोरोना भाइरसबाट बच्न सबैभन्दा पहिला आफ्नो मानसिक स्वास्थ्यलाई बलियो पार्नुपर्छ । कुनै हल्ला वा अफवाहबाट प्रभावित नभई आफ्नो सुरक्षाको लागि आवश्यक काम गर्दै जानुपर्छ । धेरै डराउने, आत्तिने गर्नु हुँदैन ।

यो एउटा कमजोर भाइरस हो । यो भाइरसको संक्रमण भएको खण्डमा पनि आफ्नो स्वास्थ्यको राम्रो स्याहार गरेको खण्डमा निको हुन्छ । घर बाहिर ननिस्किने निस्किनै पर्ने अवस्था आए यथेष्ट सावधानी अपनाउनुपर्छ । भाइरस रोक्ने खालका कपडा र मास्क अनिवार्य लगाउनुपर्छ । अनावश्यक भीडभाडबाट टाढै बस्नुपर्छ भने बाटोमा हिँड्दा पनि अर्को मानिससँग केही दूरी कायम राख्नु राम्रो हुन्छ ।

Must View