नागरिक पोष्ट News


अमेरिका न्यूयोर्कको अबस्था भयावह बन्दै: मर्नेको संख्या ४१७, पछिल्लो २४ घण्टामा ११७ जनाको मृत्यु

1.8K

अमेरिकामा कोभिड १९ बाट मर्नेको संख्या पनि ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा ११७ जनाले ज्यान गुमाइसकेका छन् । योसहित अमेरिकामा यो भाइरसको संक्रमणबाट मर्नेको संख्या ४१७ पुगिसकेको छ । 

कोरोना भाइरसको संक्रमणले अमेरिकाको राजधानी न्यूयोर्क तहसनहस हुनसक्ने प्रक्षेपण बाहिर आएको छ ।  पछिल्लो समय न्यूयोर्कमा कोभिड १९ को संक्रमण तीव्र गतिमा फैलिइरहेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै ९ हजार ३३९ नयाँ संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेर ३३ हजार ५४६ पुगेको छ । 

अमेरिकामा संक्रमितहरुको कुल संख्यामध्ये आधाभन्दा बढी न्यूयोर्कमा रहेका सिएनएनले जनाएको छ । 

न्यूयोर्कको स्थानीय सरकारका अधिकारीहरुले कोभिड १९ महामारीको अवधिमा न्यूयोर्कका ४० देखि ८० प्रतिशत बासिन्दामा यो भाइरस फैलिनसक्ने प्रक्षेपण सार्वजनिक गरेका छन् । 

पछिल्लो तथ्यांकअनुसार न्यूयोर्कको जनसंख्या १ करोड ९४ लाख ४० हजार ४६९ रहेको छ । प्रक्षेपणअनुसार नै भयो भने न्यूयोर्कमा मात्रै कम्तीमा ७७ लाखदेखि १ करोड ५५ लाख व्यक्ति कोभिड १९ बाट संक्रमित हुन सक्नेछन् ।  

Must View