नागरिक पोष्ट News


समाजवादी खेलकुद महासंघको मधेस प्रदेशस्तरीय समिति गठन गरी समायोजन सम्पन्न

3.5K

समाजवादी पार्टीका आंगिक संगठन संघीय समाजवादी खेलकुद महासंघ नेपालको मधेस प्रदेश समिति गठन गरी समायोजन सम्पन्न भएको छ । शक्ति समाजवादी खेलकुद महासंघ नेपाल र संघीय खेलकुद महासंघ नेपाल बीच समायोजन कार्यक्रम २०७६ साल चैत्र ८ गते  लाहानमा एक कार्यक्रमका बीच भएको हो । संघीय समाजवादी खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश सन्तोष कुमार दासको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष तथा निवर्तमान उपप्रधान एवं कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री उपेन्द्र यादवकोको प्रमुख आतिथ्यतामा पार्टीका उपमहासचीव तथा केन्द्रिय कार्यालय प्रमुख प्रकास अधिकारी, पार्टीका केन्द्रिय कोषाध्यक्ष , मधेस प्रदेश अध्यक्ष तथा २ नं प्रदेशका आर्थिक तथा योजना मन्त्री विजय यादव  लगायत पार्टीका केन्द्रिय समिति सदस्यहरु, संघीय परिषद सदस्यहरु एवं संघीय समाजवादी खेलकुद महासंघ नेपालका केन्द्रिय सह इन्चार्ज रित बहादुर श्रेष्ठको उपस्थितीमा खेलकुद समायोजन सम्पन्न भएको थियो ।

खेलकुद महासंघका मधेस प्रदेशका सह इन्चार्ज ब्रिज किशोर गुप्ताले मधेस प्रदेश समिति नाम घोषणा गर्नभएको थियो भने खेलकुद महासंघका केन्द्रिय सह इन्चार्ज रित बहादुर श्रेष्ठले नव गठित  समितिका सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए । समायोजनमा राजेश गुप्ताको अध्यक्षतामा नौ (९) पदाधिकारी सहित ३१ सदस्यीय संघीय समाजवादी खेलकुद महासंघ मधेस प्रदेश समिति गठन भएको रित बहादुर श्रेष्ठले जानकारी गराए । 

राजेश गुप्ताको अध्यक्षतामा, उपाध्यक्ष शुरेश कुमार यादव, दिनेश कुमार महतो, वैजनाथ राय,मुख्य सचीव संजीव कुमार चौधरी, सचीवहरु राम सागर पण्डित, जीत नारायण यादव, कोषाध्यक्ष पूजा ठाकुर, सहकोषाध्यक्ष सेख असरफ लगायत सदस्यहरुमा विजय कुमार यादव, प्रमोद पासवान,  शिवकुमार महत्तो ,मधुमेन्डर जैसवाल, सन्तोष भुजेल ,हरिनारायण मण्डल ,प्रधुन्न सिंह ,सुरज कुमार शाहा ,सुजिता यादव ,क्षेत्रलाल जित सिंह,नवनित झा ,सन्दिप राय,आकाश यादव ,जितेन्द्र यादव,राजाराम महत्तव, विरेन्द्र यादव, इन्द्र कुमार मान्नधर ,खिलदेव यादव, विष्णु यादव, अशोक कुमार महत्तो, राजेश महरा, मो. उसमान मोविन रहेका छन् । 

शुभकामना मन्तव्यकै क्रममा समाजवादी पार्टीका अध्यक्ष  उपेन्द्र यादवले संसारमै खेलाडीहरु खेलकुदका कारण स्वस्थ र निरोगी रहने विश्व रेर्कड भएको धारणा व्यक्त गर्नु हुदै नव गठित समितीलाई बधाई तथा शुभकामना दिनु भयो ।

खेलकुद महासंघको केन्द्रिय सह इन्चार्ज रित बहादुर श्रेष्ठले शुभकामना मन्तव्य दिनु हुदै खेलकुद स्वास्थ्य र मनोरञ्जनका लागि त छदै छ अव राष्ट्र र विश्वका लागि हुनुपर्ने बताए । साथै विकृती विसंगती विरुद्ध आवाज उठाउदै समाज रुपान्तरण र समृद्ध राष्ट्रका लागि खेलकुद मार्फत खेलाडीहरुले भुमिका खेल्नु पर्नेमा जोड दिनु भयो ।

Must View