नागरिक पोष्ट News


भारतमा कोरोना तेस्रो स्टेजमा प्रवेश गर्ने खतरा ! जसले भयावह अवस्था ल्याउन सक्छ, असर नेपालसम्म

3.5K

भारतमा दिन दिनै कोरोनाको संक्रमण बृद्धि हुदै गएर तेस्रो स्टेजमा पुग्न सक्ने श्वास्थ्य अधिकारीहरुले आशंका गरेका छन् । अहिले भारतमा दोस्रो स्टेजमा छ । ईन्डियन काउन्सील अफ् मेडिकल रिसर्चका वैज्ञानिकहरुले भारतमा यो संक्रमण तेस्रो स्टेजमा पुगे नपुगेको अनुसन्धान गरीरहेको जनाएको छ ।

के हो कोरोनाको थर्ड स्टेज भनेको ?

तेस्रो स्टेजको अर्थ कम्युनिटी ट्रान्समिसन अर्थात सामुदायिक संक्रमण हो । वैज्ञानिकहरुका अनुसार कोरोना संक्रमणको चार स्टेज छ । जस मध्य तेस्रो स्टेज भनेको सामुदायिक संक्रमण हो । यो चरणमा अधिक मानिसहरुलाई संक्रमणको खतरा हुन्छ । जसलाई नियन्त्रण गर्न मुस्किल हुन्छ । यो कुनै पनि कोरोना संक्रमित देशको भ्रमण नगरेका र कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा नपुगे पनि कोरोना लाग्ने अवस्थालाई तेस्रो स्टेज मानिएको छ । पहिलो स्टेजमा संक्रमित देशबाट भारतमा आएकाहरुलाई लिईएको छ भने दोस्रो स्टेजमा उनीहरुबाट अरुमा सरेकालाई लिईएको छ । चौथो स्टेज भनेको चाहँी ईटाली र चीनको जस्तै अनियन्त्रित महामारी हो । जसलाई नियन्त्रण गर्न कठिन पर्छ र लाखौं मानिसको मृत्यु हुन सक्छ । भारतमा अहिले सम्म कोरोनाबाट १० जनाको मृत्यु भईसकेको छ भने ५ सय प्रभावित बनेका छन् । जनता कफ्र्यु लक डाउन गर्दा समेत संक्रमण घटेको छैन भारतमा ।

नेपालमा हाल सम्म कोरोनाको संक्रमण देखा परेका एक जना ठीक भएका थिए भने फ्रान्सबाट आएकी एक युवतीमा देखा परे पछि उनलाई टेकुमा उपचारका लागि राखिएको छ । नेपाल उच्च जोखिममा रहेको छ ।

भारतसगँ खुल्ला सिमा रहेको नेपालमा खास गरी बिहार, पश्चिम बंगाल र उत्तरप्रदेशमा कोरोना विस्तार तीव्र हुदै गएकाले त्यसको प्रभाव नेपालमा पर्न सक्ने चिन्ता व्यक्त भईरहेको छ । जसका लागि नेपालले भारतसगँको सिमा नाका तत्कालका लागि भने पूर्ण रुपमा बन्द गरेको छ ।

Must View