कोरोनाबाट १५ हजार ४०९ जनाको मृत्यु, दक्षिण एशियामा कोरोना संक्रमित बढे
1.9K
नोवल कोरोना (कोभिड-१९) भाइरसबाट १५ हजार ४०९ जनाको ज्यान गएको छ । भाइरसबाट संक्रमित मध्ये एक लाख भन्दा बढी निको भइसकेका छन् । दुई लाख ३७ हजार जनामा भने यसको संक्रमण अझै बाँकी छ ।
नेपालमा दोस्रो व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीय विद्यार्थीमा कोभिड १९ संक्रमण पुष्टि भएको ए हो । दक्षिण एसियामा सबैभन्दा बढी पाकिस्तानमा ८७३ संक्रमित फेला परेका छन् । त्यहाँ ६ जनाको ज्यान गएको छ ।
भारतमा ४३३, श्रीलंकामा ९२, अफगानिस्तानमा ४०, बंगलादेशमा ३३, माल्दिभ्समा १३ र भुटानमा २ जनामा संक्रमण देखिएको छ । भारतमा ८, बंगलादेशमा ३ र अफगानिस्तानमा १ जनाको मृत्यु भएको छ ।