नागरिक पोष्ट News


कोरोना रोकथामका लागि सरकार र नागरिकको ढिलासुस्ती गम्भीर गल्ती बन्नसक्छ, इटालीबाट पाठ सिकौं

2.2K

कोरोना भाइरसलाई सामान्यरुपमा लिँदा इटली लगायत पश्चिमा राष्ट्रहरु अत्यधिक संटकमा फसेका छन् । इटली सरकारले मार्च १० मा लकडाउन घोषणा गरेको थियो तर त्यसको कडाईपूर्वक कसैले पनि पालना गरेनन् । लकडाउन गरिए पनि इटलीका कयौं शहरमा मानिसहरु सपिङ गरिरहेका भेटिन्थे, रेस्टुरेन्टमा खाना खाइरहेका भेटिन्थे, बार र क्लबमा मध्यरातसम्म रमाइरहेका भेटिन्थे । बजारमा घुमिरहेका भेटिन्थे ।

जोन हप्कीन्स युनिभर्सिटीको लाइभ तथ्यांक हेर्न यहाँ क्लीक गर्नहोला ।

यस्तै चल्दाचल्दै इटलीमा कोरोनाको कारण संसारमै सबैभन्दा बढी क्षति भइसकेको छ । अहिले त्यहाँ लकडाउनलाई सफल बनाउन सेना परिचालनसम्म गरिएको छ । मानिसहरु घेरा तोडेर बाहिर ननिस्कउन भनेर सेनाले दिनरात मेहनत गरिरहेको छ । इटलीमा कोरोनाको पहिलो संक्रमण ३१ जनवरीमा रोमबाट बाहिर आएको थियो । तर देशमा लकडाउन भने १० मार्चमा लागू गरिएको थियो । नेपालको छिमेकी मुलुक भारतमा पनि पहिलो संक्रमण ३१ जनवरीमा केरलाबाट सार्वजनिक भएको थियो । तर त्यसको ५० दिन बितिसक्दा पनि लकडाउन गरिएको छैन । नेपालको अवस्था पनि उस्तै छ । अध्यागमनमा कुनै कडाई छैन भने खुला सिमानाबाट हुलका हुल मानिस आवतजावत गरिरहेका छन् ।

अहिले चीनबाट रेडक्रसका उपसभापति सनु शुओपेङ्ग इटली पुगेका छन् । उनले मिलानमा आयोजित एक पत्रकार भेटघाटमा भने, ‘दुई महिना पहिला कोरोना भाइरसको केन्द्र वुहान शहरमा पनि यस्तै अवस्था थियो, जुन अहिले यहाँ देखिइरहेको छ । वुहानमा एक महिनामा लकडाउन गरेपछि हामीले कोरोना संक्रमणको दरमा निकै गिरावट आएको पायौं ।’ उनले अगाडि भने, ‘यहाँ मिलान जहाँ सबैभन्दा बढी कोरोना फैलिइरहेको छ, लकडाउन धेरै कठिन छैन । यहाँ सार्वजनिक यातायात चलिरहेको छ । मानिसहरु लगातार एक ठाउँबाट अर्को ठाउँमा गइरहेका छन् । मानिसहरु होटलमा डिनर र पार्टी गरिरहेकै छन्, त्यही पनि मास्क नलगाईकन । मलाई थाहा छैन यहाँका मानिसहरुले के सोचिरहेका छन् ।’

इटलीमा सुरुवाती लापरवाहीको नतिजा अहिले गम्भीर बनिरहेको छ । शुक्रबार २४ घण्टामा ६२७ जनाको कोरोनाबाट मृत्यू भयो । अहिलेसम्म कोरोनाकै कारण एक दिनमा यतिधेरै मानिस कहीँ पनि मरेका थिएनन् । इटलीमा मृतकको संख्या ४८२५ पुगिसकेको छ । ५३,५७८ जनालाई कोरोना संक्रमण देखिइसकेको छ ।

Source - https://www.khasokhas.com/

Must View