नागरिक पोष्ट News


बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण, एयरपोर्टमा वासरुमबाटै लुकेर भागिइन्

3.7K

बलिउडकी चर्चित प्लेब्याक गायिका कनिका कपुरलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको पुष्टि भएको छ । कनिका कपुर १५ मार्चमा लण्डनबाट लखनऊ आएकी थिइन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार एयरपोर्टमा उनी ग्राउण्ड स्टाफको मिलेमत्तोमा वासरुमबाट लुकेर निस्किएकी थिइन् ।

यिका कनिकाले गत आइतबार मात्रै लखनऊको गैलेंटमा एक पार्टी अर्गनाइज गरेकी थिइन्, जहाँ लखनऊका ठूला ठूला अफिसरहरु पनि सामेल भएका थिए ।

गायिका कनिकालाई कोरोना संक्रमण भएको थाहा पाएपछि पूरै अपार्टमेन्टमा हंगामा भएको छ । शालिमार गैलेंटमा बस्दै आएका सम्पूर्ण मानिसहरु आफ्नो अपार्टमेन्ट छोडेर अन्यत्रै सिफ्ट भइरहेका छन् ।

गायिका कनिकाको पूरै परिवारनै उक्त विल्डिङमा बस्दै आएका छन् । जानकारी अनुसार कनिकाको पूरै परिवारलाई क्वारेन्टाइनमा राखिएको छ ।

Must View