नागरिक पोष्ट News


उदाहरणीय काम: जन्म दिनको अवसरमा रक्तदान कार्यक्रम गरे सामाजिक अभियान्ता सुशान्त न्यौपानेले

2.4K

 नवीन नगरको काठमाडौं जिल्लामा सबैभन्दा ठूलो रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् ।

काठमाडौं । शनिबार काठमाडौंको तारकेश्वर १० मा खुल्ला रक्तदान कायक्रम सम्पन्न भएको छ । यतिबेला विश्वभर फैलियको कोरोना भाईरस (कोभिड १९) को कारण हस्पिटलमा रगतको कमि नहोस र कसैको अकालमा ज्यान नजाओस भन्ने उद्देश्यले आयोजना भएको खुल्ला रक्तदान कार्यक्रममा करिव ५० जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रम सम्पन्नपछि पत्रकार तथा नवीन नगरका अध्यक्ष रामशरण न्यौपाने ‘सुशान्त’ले दिएको जानकारीअनुसार हिमाल ब्लड ट्रान्सफ्युजन सेन्टर नक्सालको सहयोगमा भएको कार्यक्रममा सुरक्षित तरिका अपनाएर कार्यक्रम सम्पन्न गरेकोमा हिमाल रक्तसञ्चार केन्द्रलाई धन्यवाद दिएका छन् । उनले रक्तदान कार्यक्रममा खटिएर सहयोग गर्ने रामप्रसाद गौतम र शिवहरि लामिछाने लगायत कार्यक्रम अवधिभर खटिने कार्य समिति सदस्यहरु, सल्लाहकार ज्यूहरु र सुभेच्छुक महानुभावहरुलाई धन्यवाद प्रकट गरेका छन् ।

हामी सबैले सकारात्मक सोचौं, सचेत रहौं, आफु पनि बचौं र अरुलाई पनि बचाऔँ भन्ने नारालाई आत्म साथ गर्दै नवीन नगर उपभोक्ता तथा टोल विकास समितिको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नवीन नगर उपभोक्ता तथा टोल विकास समितिले तारकेश्वर नगरपालिका भित्र यस्तो अवस्थामा रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न सफल भएको छ । यस समितिले विगतका वर्षहरुमा पनि रक्तदान कार्यक्रम गर्दै आएको छ । को हुन् सुशान्त न्यौपाने ? सानै उमेरदेखि सामाजिक क्षेत्रमा लागेर जनताको काम गर्दै आएका सुशान्त नुवाकोटका स्थायी बासिन्दा हुन् । हाल उहाँ तारकेश्वर मनमैजु ९ मा बसोबास गर्दै आएका छन् ।

उहाँले करिव ९ वर्षदेखि पत्रकारिता क्षेत्रमा लागेर कलम चलाइरहेका छन् । पत्रकारिता भन्दा अघिदेखि नै सामाजिक क्षेत्रमा लागेका न्यौपानेले अहिले तारकेश्वरमा केन्द्रीत भएर समाजेसेवा गरिरहेका छन् । स्वास्थ्य, शिक्षा, सरसफाई र विकास निर्माणका कार्यमा जुटेर लागेका न्यौपानेलाई सरकारले उनका कार्यमा सहयोग गर्नैपर्छ । उनीजस्ता मान्छे राष्ट्रले जन्माउन आवश्यक छ ।

Must View