नागरिक पोष्ट News


कोरोना दक्षिण एसियातर्फ, बिहारमा एकको मृत्यु, पाकिस्तानमा १ सय ४४ जना नयाँ संक्रमित

1.3K

कोरोना भाइरस (कोभिड–१९) को प्रकोप विस्तारै दक्षिण एसियाली देशमा फैलिन थालेको छ । विशेषगरी पाकिस्तान र भारतमा यसको संक्रमण तीब्र गतिमा बढिरहेको छ ।

आइतबार पाकिस्तानमा १ सय ४४  जना नयाँ संक्रमित भेटिएका छन् । यससँगै पाकिस्तानमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका मानिसको संख्या ६ सय ४५ पुगेको छ ।

त्यस्तै भारतमा ८३ जनामा नयाँ संक्रमण भई संक्रमित हुनेको संख्या ३ सय ३२ पुगेको छ ।

त्यस्तै बंगलादेश र अफगानिस्तानमा ४/४ जनामा यो भाइरसको संक्रमण देखिएको छ । समग्र दक्षिण एसियामा कोरोना भाइरसबाट संक्रमितको संख्या १ हजार ११८ पुगेको छ ।

Must View